लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

IMG

२०७८ फागुन ११,तिलोत्तमा सिटी। नेपाल राष्ट्र बैंकले  बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ ३७ पैसा र बिक्री दर १३७ रुपैयाँ पाँच पैसा कायम गरेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ ४९ पैसा र बिक्री दर १६३ रुपैयाँ ३१ पैसा छ।  अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ८२ पैसा र बिक्री दर १२० रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


 स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ५९ पैसा र बिक्री दर १३० रुपैयाँ २४ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८५  रुपैयाँ ९३ पैसा र बिक्री दर ८६ रुपैयाँ ३७ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ९६ पैसा छ ।जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३६ पैसा र बिक्री दर १० रुपैयाँ ४१ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९० पैसा र बिक्री दर १९ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।


साउदी अरबियन रियाल  एकको खरिर दर ३१ रुपैयाँ ९३ पैसा र बिक्री दर ३२ रुपैयाँ नौ पैसा  छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ९१पैसा र बिक्री दर ३३ रुपैयाँ सात पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  १० रुपैयाँ र बिक्री दर १० रुपैयाँ पाँच पैसा कायम भएको छ ।


कमेन्ट गर्नुहोस्