
तिलोत्तमा सिटी, फाल्गुण ९ गते २०७८। ओमसतिया गाउँपालिकाको दोस्रो सम्मेलनले प्रमोद यादवको अध्यक्षतमा ५१ सदस्यीय सर्वसहमतीबाट निर्वाचित गरेको छ। आज सम्पन्न सम्मेलनबाट यादव फेरि अध्यक्षमा पदमा दोहोरिका छ्न। त्यस्तै पालिकाको उपाध्यक्ष सदावृक्ष गुप्ता , झपेन्द्र यादव , फोटु मुसलमान सचिव राम बहादुर गुरुङ सह-सचिव पशुपति यादव कोषाध्यक्ष पार्वती यादव गरि ५१ सदस्यीय गठन भएको थियो ।
नेकपा (माओवादी केन्द्र) स्थायी कमिटी सदस्य तथा पुर्व कृषि मन्त्री नेता चक्रपाणी खनाल (बलदेव) ले एमसिसी सदनमा टेबुल भए पनि राष्ट्रघाती सम्झौता एमसिसी पास नहुने बताएका छन । माओवादी केन्द्र ओमसतिया कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता बलदेवले नेपालको संविधान भन्दा केही ठुलो नरहेकोले राष्ट्रघाती सम्झौताहरु पास नहुने उल्लेख गरेका थिए। अमेरिकाले दिएको अनुदान कुन नियतको हो र सो अनुदान देशको लागि हितकारी नरहेको बताउदै नेपाली कांग्रेसले सदनमा कुन हिसाबले पास गर्न खोजेको छ, त्यो हामीलाई थाहा नभएको तर एमसिसी प्रती हाम्रो पाटीले गम्भीरतापूर्वक लिएको बताए । नेता बलदेव म बुटवल जादा तिलोत्तमा सडक सरसफाइ र बत्ती हालेको देखियो तर ओमसतियाको सडक न सरसफाइ छ नबत्ती नै छ यी काम नगरेर राहुलले आफ्नो स्वार्थ पूरा गर्नको लागि काम नगरेको बताए । हिजोको दिनमा राहुललाई मैले नै पाटी सदस्य दिएको थिए, तर २०६४ सालमा त्यति बेला पनि पाटीलाई धोका दिएकै हो, तर हामीले नेता बनायौ , आजको दिनमा राहुलले बनाएको पाटी हैन जनताले बनाएको पाटी हो भन्न पनि अब आउने स्थायी चुनावमा त्यस्ता प्रतिगमनकारीहरुलाई देखाउनै पर्ने बताए । सो कार्यक्रममा नेकपा माओवादी केन्द्र नेता हक्की कुल्ला खाले देश नै माओवादीको एजेन्डामा चलेको बताए । हिजो माओवादीले गाउँ घरमा सिंहदरबार भन्ने मुलनारा भन्ने काम स्थापित गरेको बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र महिका नेत्री सोनिया यादव , नेकपा माओवादी केन्द्र नेता मकसुद अलि , रुपन्देही जिल्ला सयोजक तथा प्रदेश कमिटी सदस्य निर्मल जिसि , बिक्रम यादव रोहिणी गाउँपालिका अध्यक्ष छेदि गुप्ता (भगत) लगायतले शुभकामना मन्तव्य राखेका थिए। यसैगरी ओमसतिया वडा नम्बर ३ मा माओवादी केन्द्र सम्पर्क कार्यलय समेत प्रमुख अतिथीले रेबन काटेर उदघाटन गरिएको थियो । स्वागत मन्तव्य नेकपा माओवादी केन्द्र का नेता तथा वडा नम्बर ३ का वडध्यक्ष चन्नर यादवले गरेका थिए भने कार्यक्रम संचालन राम बहादुर गुरुङले गरेका थिए।
कमेन्ट गर्नुहोस्