लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

IMG

 २०७८ फागुन ८, तिलोत्तमा सिटी। नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले युरोपियन यूरो एकको खरिद दर १३५ रुपैयाँ ४३ पैसा र बिक्री दर १३६ रुपैयाँ ११ पैसा कायम गरेको छ। अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ १६ पैसा र बिक्री दर ११९ रुपैयाँ ७६ पैसा छ।  यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ २४ पैसा र बिक्री दर १६३ रुपैयाँ पाँच पैसा छ । 


 स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ३८ पैसा र बिक्री दर १३० रुपैयाँ तिन पैसा रहेको छ ।अष्ट्रेलियन डलर एकको खरिद दर ८५  रुपैयाँ ८७ पैसा र बिक्री दर ८६ रुपैयाँ ३० पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ३१ पैसा छ ।जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३५ पैसा र बिक्री दर १० रुपैयाँ ४० पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८३ पैसा र बिक्री दर १८ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


साउदी अरबियन रियाल  एकको खरिर दर ३१ रुपैयाँ ७६ पैसा र बिक्री दर ३१ रुपैयाँ ९२ पैसा  छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ७३ पैसा र बिक्री दर ३२ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६१ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९७ पैसा  र बिक्री दर १० रुपैयाँ दुई  पैसा कायम भएको छ ।


कमेन्ट गर्नुहोस्