लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सत्ता गठबन्धनको बैठक सुरु

IMG

 २०७८ फागुन ८, तिलोत्तमा सिटी।  सत्ता गठबन्धन बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।एमसीसी सम्झौताका विषयमा औपचारिक निर्णय गर्न बैठक सुरु गरिएको छ।  बैठकमा एमसीसी सम्झौता संसदमा पेस गर्ने/नगर्ने विषयमा औपचारिक निर्णय हुने सम्भावना छ ।आजको बैठकमा सहमति भए दिउँसो १ बजे बस्ने संसद् बैठकमा एमसीसी टेबल हुनेछ । तर, माओवादी केन्द्र र एकीकृत समाजवादीले संसदमा पेस भए पनि परिमार्जन नगरि अनुमोदन नगर्ने बताएका छन् ।नेपाली कांग्रेसले यसअघि नै एमसीसी पास गर्ने निर्णय गरिसकेको छ । संशोधन नगरि पेस नगर्ने अडानमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि सकारात्मक सङ्केत दिएका छन् । गठबन्धन भत्कने अवस्थामा पुगेपछि उनीहरु एमसीसी टेबल गर्न सहमति नजिक पुगेका हुन् ।


कमेन्ट गर्नुहोस्