
तिलोत्तमा सिटी, फाल्गुण ८ गते २०७८। अमेरिकी सहयोग नियोग एमसीसी सदनमा टेबल भएको विरोधमा सत्तारुढदल नेकपा माओवादी निकट युवा तथा विद्यार्थीहरूले विरोध जनाएका छन् । रुपन्देहीको देवदहमा राँके जुलुस गर्दै वाइसीएल नेपाल र अखिल क्रान्तिकारीले मसाल जुलुस सहित बिरोध प्रदर्शन गरेका हुन् ।देवदहको मिलनचोकबाट सुरूभएर खैरेनीचोकमा पुगी कोणसभामा परिणत भएको उक्त विरोध कार्यक्रममा बोल्दै वाइसिएलका युवा नेता रोहित वाग्लेले जनयुद्ध र जनआन्दोलन देश बिक्री गर्नका लागि नगरिएको बताएका थिए ।
राष्ट्रिय स्वाधीनताको लागि अन्तिम साससम्म वाइसीएल लगायतका युवा विद्यार्थीहरू लड्ने उद्घोष गर्दै वाग्लेले मागेर देश विकास गर्ने दिवासपनाबाट व्युँझिन नेताहरूलाई आग्रह गरे ।त्यसैगरी सोही कार्यक्रममा बोल्दै वाइसीएल नेता प्रेम थापाले स्वाधीनताको लडाइँ गम्भीर मोडमा पुगेको उल्लेख गर्दै सचेत युवा पिँढिलाई स्वाधीनताको लडाइँमा ऎक्यबद्द हुन अपिल गरे ।प्रदर्शनमा माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताको साथमा युवा विद्यार्थीको उल्लेख्य सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस्