
तिलोत्तमा सिटी, फाल्गुण ७ गते २०७८। देवदह नगरपालिका वडा नम्बर ११ को सिक्टहान सामुदायिक वनमा ७ वर्षीय बालिका फेला परेको छ। बालिकाले आफ्नो नाम खुसी घर्ती मगर रहेको बताइकी छ्न ।बालिका ले घर पाल्पा चेबङ रहेको बताइन भने आमाको नाम जुनु घर्ती मगर र बाबा को नाम खेम घर्ती मगर रहेको बताइकी छन । बालिका को बुबा भारतमा कार्यरत रहेको समेत बताइन भने बालिका ले आफू पढ्ने श्री बाल कल्याण माध्यमिक बिधालय कक्षा ४ मा अध्यापन गरि रहेको बताइकी छन ।देवदह नगरपालिका वडा नम्बर ११ का स्थानीय बासी मुसा भन्ने ब्यक्तिले सिक्टहान सामुदायिक बनमा भेटिर देवदह -१२ प्रगतिनगर का समाजसेवी डेक बहादुर सारु को घरमा राखिएको छ भने उक्त बालिका लाई धकधई र खैरेनी प्रहरी कार्यलयमा सम्पर्क गरेको बालिका भेटिएको बताइएको छ।यदि कोहि कसैले चिन्नु भयो भने यो नम्बरमा सम्पर्क गर्नुहोला : ९८४७२८१५९९
कमेन्ट गर्नुहोस्