लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एमसीसीको बिरोधमा अखिल क्रान्तिकारी

IMG

तिलोत्तमा सिटी, फाल्गुण ७ गते २०७८।  सरकारले एमसीसी जबर्जस्ती संसदमा टेवुल गर्न प्रयास गर्न लागेको भन्दै सत्तारूढ दल नेकपा ( माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी ) ले बिरोध जनाएको छ । क्रान्तिकारीको बुटवल बहुमुखी क्याम्पस समितीले शनिबार साँझ क्याम्पस गेटबाट गोलपार्क चोकसम्म राकेजुलुस सहित बिरोध प्रदर्शन गरेको हो ।एमसीसी खारेज गर, राष्ट्रियताको रक्षा गरौं,सार्वभौमिकताको रक्षा गरौ लगायतका नारा लेखिएका पम्प्लेट सहित क्रान्तिकारीले जुलुस निकालेको हो ।जुलुसको पछिको कोणसभामा बोल्दै संगठनका केन्द्रिय सदस्य टेकराज रेग्मीले वैदेशिक हस्तक्षेप स्विकार्य नहुने र रास्टियताको पक्षमा एक हुन युवा विद्यार्थीलाई आह्वान गरेका थिए । कोणसभामा विद्यार्थी नेताहरू टिकाराम आचार्य, दिपक खत्री लगायतले बोलेका थिए ।

कमेन्ट गर्नुहोस्