लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बालुवाटारमा ‍सत्ता गठबन्धनको बैठक सुरु

IMG

 २०७८ फागुन ६, तिलोत्तमा सिटी। एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा हिजो बसेको बैठकमा सहमति नजुटेपछि आज फेरि बैठक बसेको छ।  प्रधानमन्त्री शेरबहादुर देउवालेसंसदमा एमसीसीलाई जतिसक्दो छिटो टेबल गर्ने तयारी गर्नु भएको छ । तर, माओवादी केन्द्र र एकीकृत समाजवादीले यथास्थितिमा अगाडि नबढाउने अडान दोहोर्याउँदै आएका छन् ।


हिजोको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी प्रधान कार्यालयले आउँदो १६ गतेभित्र सम्झौता अनुमोदनका लागि गरेको आग्रहलाई समयमै पूरा गर्न अनुरोध गर्नुभएको थियो । अमेरिकाले एमसीसीमा कुनै संशोधन नहुने बताइसकेकाले आजको बैठकमा पनि सहमति जुट्ने सम्भावना कम छ । प्रधानमन्त्री देउवाले अस्ति बुधवार नै संसदमा एमसीसी टेबल गर्ने तयारी गरे पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा आजसम्मका लागि स्थगित गरिएको थियो । 

कमेन्ट गर्नुहोस्