लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सत्तारुढ गठबन्धनको बैठक बेलुकी पाँच बजेलाई सारियो

IMG

 २०७८ फागुन ५, तिलोत्तमा सिटी ।  सत्तारुढ गठबन्धनको दिउँसो तीन बजे बस्ने भनिएको बैठक सरेको छ । मन्त्रिपरिषद्को बैठक दिउँसो दुई बजे बस्ने भएपछि सत्तारुढ गठबन्धनको बैठक पाँच बजेलाई सारिएको हो । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संसदबाट अनुमोदन गराउने विषयमा सत्तारुढ गठबन्धनबीच मतभिन्नता बढेपछि बैठक बोलाइएको हो ।  


सत्तारुढ गठबन्धनको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एस (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाका शिर्ष नेताहरु उपस्थित हुनेछन् । एमसीसीका विषयमा सत्तारुढ पाँच दलमा कांग्रेस एक्लीएको छ । कांगे्रस एमसीसीलाई अहिलेकै अवस्थामा हुवहु अनुमोदन गर्ने पक्षमा छ भने अन्य चार दल संशोधनसहित अनुमोदन गर्ने अडानमा छन् । 


कमेन्ट गर्नुहोस्