
२०७८ माघ २८, तिलोताम्मा सिटी । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ ८२ पैसा र बिक्री दर १३७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ ३५ पैसा र बिक्री दर १६३ रुपैयाँ १७ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ४८ पैसा र बिक्री दर १३० रुपैयाँ १३ पैसा छ। अमेरिकी डलर एकको खरिद दर ११९ रुपैयाँ ६१ पैसा र बिक्री दर १२० रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ चार पैसा र बिक्री दर ८६ रुपैयाँ ४७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ३७ पैसा छ भने बिक्री दर ९४ रुपैयाँ ८५ पैसा छ ।जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३३ पैसा र बिक्री दर १० रुपैयाँ ३८ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८१ पैसा र बिक्री दर १८ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ८८ पैसा र बिक्री दर ३२ रुपैयाँ चार पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६५ पैसा र बिक्री दर ३२ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७३ पैसा छ । कोरियन वन १०० को खरिद दर १० रुपैयाँपैसा र बिक्री दर १० रुपैयाँ पाँच पैसा कायम भएको छ ।
कमेन्ट गर्नुहोस्