लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आजको विदेशी मुद्राको विनिमय दर

IMG

२०७८ माघ २७, तिलोताम्मा सिटी । विदेशी मुद्राको आजकाे विनिमय दर सार्वजनिक भएकाे छ । राष्ट्र बैंकले युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ  ६१ पैसा र बिक्री दर १३७ रुपैयाँ २९ पैसा कायम गरेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ २० पैसा र बिक्री दर १६३ रुपैयाँ दुई पैसा छ । अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ४० पैसा र बिक्री दर १२० रुपैयाँ छ ।स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ३७ पैसा र बिक्री दर १३० रुपैयाँ दुई पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 


अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ६९ पैसा र बिक्री दर ८६ रुपैयाँ १२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ६०  पैसा छ । जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३४  पैसा र बिक्री दर १० रुपैयाँ ४०  पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७७  पैसा र बिक्री दर १८ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 


साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ८३ पैसा र बिक्री दर ३१ रुपैयाँ ९९ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ७९ पैसा र बिक्री दर ३२ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ पाँच पैसा कायम  छ । 

कमेन्ट गर्नुहोस्