लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

IMG

२०७८ माघ २३ ,तिलोताम्मा सिटी।  नेपाल राष्ट्र बैंकले आईबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।राष्ट्र बैंकले युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ  ७३ पैसा र बिक्री दर १३७ रुपैयाँ ४२ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ५८ पैसा र बिक्री दर १६२ रुपैयाँ ३९ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ३८ पैसा र बिक्री दर १३० रुपैयाँ तिन पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ २२ पैसा र बिक्री दर ११९ रुपैयाँ ८२ पैसा कायम गरेको छ ।


अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ७३ पैसा र बिक्री दर ८५ रुपैयाँ १६ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ २४  पैसा छ ।जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३७  पैसा र बिक्री दर १० रुपैयाँ ४३  पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७४  पैसा र बिक्री दर १८ रुपैयाँ ८४ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।


साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ७८ पैसा र बिक्री दर ३१ रुपैयाँ ९४ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ७४ पैसा र बिक्री दर ३२ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९४ पैसा र बिक्री दर ९ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

कमेन्ट गर्नुहोस्