लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरोनाबाट शुक्रबार १० जनाको मृत्यु

IMG

तिलोत्तमा सिटी,माघ १४ गते २०७८। कोरोना भाइरसको तेस्रो लहर फैलिएयता ह्वात्तै बढेको संक्रमितको संख्या केही दिनयता पुनः घट्न थालेको छ ।पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।१९ हजार ८६९ जनामा गरिएको परीक्षणमा झण्डै सात हजारमा संक्रमण पुष्टि भएको हो । बिहीबार ८ हजार १७ जनामा संक्रमण देखिएको थियो ।२४ घण्टाको बीचमा ५ हजार ४३२ जना संक्रमित निको भएका छन् । यसै अवधिमा १० जनाको मृत्यु भएको छ ।आज देशभर ८९ हजार ९४१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 


कमेन्ट गर्नुहोस्