लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

१०३ पिन्ट रगत संकलन सहित भुल्केबजारमा रक्तदान कार्यक्रम सम्पन्न

tillotmacitynews - 2022 Jan 24 02:58 PM
IMG

तिलोत्तमा सिटी, ०८ माघ २०७८, शनिबार ।
स्वस्थ रगत सबैका लागि भन्ने उद्देश्यका साथ स्थापित नेपाल स्वयंसेवी रक्तदाता समाज, तिलोत्तमा शाखा र राष्ट्रिय युवा संघ तिलोत्तमा ११ वडा कमिटीको संयुक्त आयोजनामा तिलोत्तमा ११ भुल्के बजारमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

१०३ जनाले रक्तदान गरेको कार्यक्रम राष्ट्रिय युवा संघ तिलोत्तमा वडा कमिटि अध्यक्ष शिव पौडेलको अध्यक्षता, तिलोत्तमा वडा नं. ११ का वडाध्यक्ष मुक्तिनारायण चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाका सल्लाहकार तथा नेपाल रेडक्रस सोसाइटी मणिग्राम उप-शाखाका सभापति टेकबहादुर थापा, ने.स्व.र.स. तिलाेत्तमाका सल्लाहकार कृष्ण चौहान क्षेत्री, अर्जुन पौडेल लगायतले कार्यक्रमको सफलताको शुभकामना सहित नयाँ रक्तदातालाई रक्तदानको लागि विशेष उत्प्रेरणा दिने उद्देश्यका साथ विशेष गरी गाँउ भित्रका क्षेत्रहरुमा गई रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएकोमा तिलोत्तमा शाखालाई विशेष धन्यवाद ज्ञापन गरेका थिए । धेरैजसो प्रथम पटक रक्तदान गरिरहेका रक्तदाता र २५ जना भन्दा बढी महिलाले रक्तदान गरेको उक्त कार्यक्रम रक्त सञ्चार सेवा इकाई भैरहवाको प्राविधिक सहयोग र तिलोत्तमा शाखाका सदस्य गंगाराम अधिकारीको सञ्चालनमा सम्पन्न भएकाे थियाे । कार्यक्रममा राष्ट्रिय युवा संघ तिलोत्तमा –११ का अध्यक्ष शिव पौडेलले दुर दराजको गाँउमा पनि सहकार्य गर्न सहजतापूर्वक स्वीकार गरेकोमा ने.स्व.र.स. तिलोत्तमा शाखालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत सहकार्यको लागि प्रतिवद्धता जनाए ।

कार्यक्रममा बोल्दै ने.स्व.र.स.तिलोत्तमा शाखाका अध्यक्ष गोविन्द भुसालले तिलोत्तमा आफैमा रक्तदाताको नगर भएता पनि भित्री गाँउहरुमा रक्तदानको बारेमा सचेतनाको कमीले गर्दा त्यस्ता नयाँ रक्तदातालाई उत्प्रेरणा गर्न सम्पूर्णले एकजुट भई लाग्नु पर्नेमा जोड दिनुका साथै संस्थाकाे नियमित कार्यक्रममा आयोजकको भूमिकामा रही हौसला बढाउने राष्ट्रिय युवा संघ तिलोत्तमा वडा नं. ११ कमिटीप्रति धन्यवाद  व्यक्त गरेका थिए ।  

कमेन्ट गर्नुहोस्