लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेश सरकार ढाल्ने कसरत,आलोपालोको म्याद फागुन १२ मा सकिँदै !

IMG

तिलोत्तमा सिटी,माघ ९ गते २०७८। लुम्बिनी प्रदेशमा सरकार परिवर्तनको खेल शुरू भएको छ । आठ–आठ महिना सरकारको नेतृत्व गर्न काँग्रेस र माओवादीबिच आन्तरिक समझदारी भएको थियो । मध्य फागुनसम्ममा सरकारको नेतृत्व फेर्नेगरी काँग्रेसले आन्तरिक गृहकार्य थालेको हाे ।माओवादी नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने बेला गठबन्धन दलबीच काँग्रेस र माओवादीले आठ–आठ महिना सरकारको नेतृत्व गर्ने हस्ताक्षर सहित सहमति छ ।केसी मुख्यमन्त्री बनेको आगामी १२ फागुनमा आठ महिना पुग्दैछ । आलोपालो सहमतिअनुसार त्यसपछि काँग्रेसले प्रदेश सरकारको नेतृत्व लिनुपर्ने हुन्छ । आलोपालो सहमति अनुसार अर्को महिना आफ्नो दलले नेतृत्व पाउने नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्विन खाँनले  बताए ।


“हामी आठ–आठ महिना सरकारको नेतृत्व गर्ने विषयमा दुई दलबीच समझदारी भएको हो, फागुनमा हाम्रो नेतृत्वमा लुम्बिनी सरकार बन्ने कुरामा हामी स्पष्ट छौं,मुख्यमन्त्री पनि सकारात्मक हुनुहुन्छ”, उनले भने ।काँग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदको गठबन्धनबाट केसी मुख्यमन्त्री भएका थिए ।सहमति कार्यान्वयन भए फागुनपछि काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया मुख्यमन्त्री बन्ने छन् । “नेतृत्व परिवर्तनले गठबन्धन दलभित्रै असन्तुष्टि बढ्ने भएकोले अहिलेकै नेतृत्व कायम राख्ने गरी पहल थालेका छौं”, मुख्यमन्त्री केसी निकट एक नेताले भने । 

कमेन्ट गर्नुहोस्