लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आज पाँच दलीय समन्वय समितिको बैठक बस्दै

IMG

२०७८ माघ ७, तिलोत्तमा सिटी।प्रधानमन्त्री निवास बालुवाटारमा स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न पाँच दलीय समन्वय समितिको बैठक आज बस्दै छ । बिहीबार बस्ने तय भएको यो बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच छलफल भएपछि आज बैठक बस्ने तय भएको हो ।


यसअघि गत मंगलबार बसेको समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव राखेका थिए । प्रचण्डको प्रस्तावबारे सत्ता गठबन्धनका नेताहरुबीच सहमति कायम भइसकेको छैन ।संविधान अनुसार आगामी स्थानीय तहको निर्वाचन वैशाखमै गर्नुपर्ने सुझाव निर्वाचन आयोगले सरकारलाई दिएको छ । तर सत्ता गठबन्धनबीच पहिले संसदीय कि स्थानीय तहको निर्वाचन गर्ने भन्नेमा एकमत भइसकेको छैन ।

 

कमेन्ट गर्नुहोस्