लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेप्से परिसूचक ३२.९६ अंकले बढ्यो

IMG

२०७८ माघ ६, तिलोत्तमा सिटी।  नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बुधबार दोहोरो अंकले घटेको बजार बिहीबार ३२.९६ अंकले बढेर २९ सय ३१.२६ को बिन्दुमा पुगेको हो ।बढेको बजारमा पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने २५ करोडले घटेको छ । आज २२९ कम्पनीको एक करोड ५९ लाख ८९ हजार ७४४ कित्ता शेयर दोस्रो बजारमा खरिद बिक्री भएको थियो । बुधबार ६ अर्ब २ करोडको शेयर खरिद बिक्री भएकोमा आज कुल कारोबार रकम ५ अर्ब ७७ करोड ३१ लाख मात्रै छ ।


बिहीबार कारोबारमा आएका १३ उपसमूह मध्ये बैकिङ र म्युचलफण्डबाहेक सबै उपसमूहमा हरियाली छाएको छ । आज आईएमई जनरल इनस्योरेन्स कम्पनी बजारमा धेरै खरिद बिक्री हुने सेयरमा दरियो । आज उक्त कम्पनीको सेयर खरिद बिक्री २२ करोड भन्दा धेरै रह्यो ।आज मैलुङदखोला र तेह्रथुप पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किटलागेको थियो । समग्र बजारमा जलबिद्युत कम्पनीका लगानीकर्ताले उच्च लाभ प्राप्त गरे । आईसीएफसी फाइनन्यानस कम्पनीको डिभेन्चरको मूल्यमा आज ४ अंकको गिरावट आएको थियो ।

कमेन्ट गर्नुहोस्