
२०७८ माघ ६, तिलोत्तमा सिटी। बिहीबार अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको पाँच दलीय गठबन्धन समन्वय समितिको बैठक स्थगित भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा एवम् उच्चस्तरीय समन्वय समितिका संयोजक रामचन्द्र पौडेल लगायत सत्ता गठबन्धनका दलहरुबीच बसेको बैठकमा स्थानीय तहको निर्वाचन संविधानले तोके बमोजिमकै निर्धारित समयमा सम्पन्न गर्ने सहमति जुटेको जनाइएको थियो ।स्थानीय तहको निर्वाचन, संसदीय निर्वाचन लगायतका समसामयिक राजनीतिक विषयमा छलफल हुने गरी आज अपरान्हको बैठक तय भएको थियो । बैठक स्थगित भएको स्पष्ट कारण भने अहिलेसम्म बाहिर आएको छैन ।
कमेन्ट गर्नुहोस्