लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राजदूत नियुक्तिबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाएर छलफल गर्ने निर्णय

IMG

२०७८ माघ ५, तिलोत्तमा सिटी। संसदीय सुनुवाइ समितिले राजदूत नियुक्तिबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाएर छलफल गर्ने भएको छ । राजदूत सिफारिस समानुपातिक समावेशी नभएको भन्दै समितिले प्रधानमन्त्रीलाई उपयुक्त मितिमा बोलाएर जानकारी माग गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।


संविधानको धारा ४२ मा समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुने उल्लेख छ । तर राजदूतलगायत संवैधानिक निकायका पदाधिकारी नियुक्ति संविधानको मर्मअनुरुप समानुपातिक समावेशी नपाइएको समितिको निष्कर्ष छ ।पछिल्लो पटक अमेरिका, भारत र बेलायतका राजदूतका लागि भएका सिफारिस पनि समावेशी नभएको भन्दै समितिका सदस्यहरूले प्रश्न उठाएका थिए ।


कमेन्ट गर्नुहोस्