
तिलोत्तमा सिटी,३०पौष २०७८। रुपन्देहीको तिलोत्तमा नगरपालिका र बुटवल उपमाहानगर पालिकाको सिमाना पर्ने योगीकुटी मगरघाट सडक खण्ड अन्तर्गत बिजुलीको तार अण्डर्ग्राऊण्ड लैजाने तयारि गरेको बिधुत प्राधिकरण तथा महाबिर चन्द निर्माण कम्पनीले ठेक्का पाएको सो सडकमा दुर्घटना भै एक युवाको ज्यान गएको छ । हाइवे सडक योगीकुटीबाट पश्चिमतर्फ जाँदै गर्दा मोटर साइकल दुर्घटनामा परी उनको मृत्यु भएको स्थानीयले बताएका छन्। मृत्यु हुनेमा गुल्मी स्थायी घर भै रुपन्देहीमा फोटो ग्राफी तथा भिडियो ग्राफी गर्दै बुटवलको मैत्रीपथमा ब्यबसाय संचालन गर्ने मुर्गिया सोरौली बस्दै आएका शोभाखर पन्थ रहेको प्रहरीले जनाएको छ ।
बुटवलमा रहेर भिडियोसंगै फोटोग्राफर र कलाकारिता क्षेत्रमा काम गर्दै आएका पन्थ गएराति घर जाने क्रममा योगिकुटीबाट मगरघाटतर्फ जाँदै गर्दा उनको लु ७० प १३५३ नम्बरको मोटरसाइकल सडक निर्माणसंगै तार बिछ्याउने क्रममा खनिएको ७ फिट गहिरो खाल्डोमा खसेको थियो । रातिको समय भएकाले कुइरो बढी भएको र सडक निर्माण स्थलमा कुनै पनि किसिमको सडक निर्माण सम्बन्धि बोर्ड ब्यानर ( डोरी) रसी तथा पाइप नराखिएकोले सडकमा दुर्घटना भएको पारिवारिक स्रोतले बताएको छ। सडक निर्माण गर्दा गर्नुपर्ने साबधानका मापदण्ड पुरा नगरी सडकमा खाल्डो खन्ने र निर्माण कार्य अगाडी बढाएकोले सामान्य दुर्घटना पनि मृत्युको मुखमा परेको स्थानीयको भनाई छ।
सो स्थालामा निर्माणको कार्य गर्दै आएको महाबिर चन्द निर्माण कम्पनीले निर्माण कार्य समबन्धि कुनै पनि बोर्ड सुचना या साबधानका डोरी या कुनै तारबार नगरी खुलेयाम तरिकाले काम गरेको प्रति आक्रोस जनाउदै परिवार स्रोतले उचित क्षति पूर्ति नदिएसम्म शव नउठाउने बताएका छन्। आइतबार बिहानै सो घट्ना थाहा पाएपछि घट्ना स्थल हेर्न जाँदा कुनै पनि किसिमको साबधान मापदण्ड नराखिएको तर अस्पताल शव बुझ्न जादासम्म निर्माण स्थलमा प्रहरीकै मिलेमतोमा मिस्कट झार्ने, तारबार गर्ने, साबधान बोर्ड लगाउने, रसी ( डोरी ) बाध्ने भएको प्रति परिवार स्रोतले आपत्ति जनाएको छ। निर्माण ठेक्का कम्पनिसंग आइतबार दिनभर सहमतिका लागी प्रयास भएपनि सहमतिमा नआउदा पन्थको शव नउठेको मृतकका आफन्त सुरज पन्थ बताउछन। सहि मापदण्डले निर्माण कार्य अगाडी नबढाउदा सो घटना भएको उनको भनाइ छ। ति युवालाई आज आइतबार बिहान मात्रै स्थानीयले खाल्डामै मृत अवस्थामा देखेको प्रहरीले जनाएको छ । सो स्थानमा अहिले तार अण्डर ग्राउण्डको काम खैरेनी बिजय फर्मले निर्माण गर्दै आएको छ।
कमेन्ट गर्नुहोस्