लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भारतकाे महाराष्ट्रमा मात्र कोभिडबाट १ लाख ४१ हजारको मृत्यु

IMG

 २०७८ माघ २,तिलोत्तमा सिटी।भारतमा कोभिड संक्रमण दैनिक निरन्तर उकालो लागेको छ । पछिल्लो २४ घन्टामा २ लाख ७१ हजार जनामा संक्रमण देखिएको छ ।यो अवधिमा कोभिडका कारण ३१४ जनाको मृत्यु भएको छ भने नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि भारतमा कोभिड संक्रमितको संख्या तीव्र बढिरहेको भारतको संघिय स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।


भारतको २८ राज्यका ७ हजार ७४३ जनामा ओमिक्रोन देखिएको छ । कूल संक्रमितको ४ दशमलब १८ प्रतिशत संक्रीय संक्रमित छन् । पछिल्लो सातामा दक्षिणी राज्य केरला, महाराष्ट्र र पश्चिम बंगाल कोभिडबाट प्रभावित बनेको छ । पछिल्लो २४ घन्टामा मृत्यु भएकामध्ये १०६ जना केरलाका रहेका छन् । त्यस्तै, पश्चिम बंगालमा ३९ जनाको मृत्यु भएको छ ।


अहिलेसम्म कोभिडबाट महाराष्ट्रमा एक लाख ४१ हजार ७७९ जनाको र केरलामा ५० हजार ६७४ जनाको मृत्यु भएको छ । त्यस्तै, कर्नाटकमा ३८ हजार ४१८, तमिल नाडुमा ३६ हजार ९६७ र दिल्लीमा २५ हजार ३३५ जनाको मृत्यु भएको छ । त्यसैगरी, उत्तर प्रदेशमा २२ हजार ९५३ र पश्चिम बंगालमा २० हजार ५२ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



कमेन्ट गर्नुहोस्