लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेप्से झन्डै ५० अङ्कले बढ्याे

IMG

२०७८ पुष २७, तिलोत्तमा सिटी। शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार पनि बढेको छ । हिजो साेमवार १९ अङ्कले बढेकाे नेप्से आज ४९ दशमलव १९ अङ्कले बढेर दुई हजार आठ सय ३४ दशमलव १३ विन्दुमा पुगेको छ । आज उत्पादनबाहेक सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूहको शेयर बढेको छ । 


आज दुई सय ३२ वटा कम्पनीको एक करोड १९ लाख कित्ता शेयर ६ अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको १६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।आज नारायणी विकास बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पाेरेट विकास बैंक र मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ । समग्र बजार बढे पनि माउन्टेन इनर्जीको शेयर भने तीन प्रतिशतभन्दा धेरैले घटेको छ । 

कमेन्ट गर्नुहोस्