लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

यस्ता छन् मुटु स्वस्थ राख्ने ७ उपाय

IMG

२०७८ पुष २७, तिलोत्तमा सिटी। तपाईं आफ्नो मुटुलाई स्वस्थ बनाउने सबालमा विभिन्न तत्वको महत्वपूर्ण भूमिका हुन्छन्। कतिपय कुराहरु आफ्नो काबु बाहिरको परिस्थितिमा पनि हुन्छ। जस्तै वंशानुगत समस्या रहेछ भने तपाईंले त्यसलाई परिबर्तन गर्न सक्नुहुन्छ। तपाईंको पारिवारिक पृष्ठभूमि मुटु रोगसम्बन्धी छ भने तपाईलाई यसको बढ्दो खतरा हुन्छ। मुटु रोगको खतरलाई न्यून गर्ने केही प्रमाणित उपाय यस प्रकार रहेका छन्। 


धुमपानको आदत त्यागिदिनुहोस्

पिउने आदतले मुटु रोगीलाई झनै अशर गर्छ। गत वर्ष बेलातयका १० लाख मानिसहरुमा गरिएको एक अध्ययन अनुसार धुमपान गर्ने व्यक्ति अन्य भन्दा १० वर्ष अगाडि नै मर्ने गर्छन्। ४० वर्ष अगाडि नै धुमपान गर्न छोडिदिनु भयो भने तपाई‌ंले यसलाई निरन्तरता दिदा भन्दा तपाई १० गुण बढी स्वस्थ हुने सम्भावना हुन्छ। मुटुको अतिरिक्त तपाईं स्वाश्सप्रशास, मुड, स्ट्रोक, डायबिटिज, क्यान्सर, रक्तप्रबाह लगायत अन्य समस्याहरुमा तीव्र सुधार हुन्छ। 


तौल घटाउनुहोस्

मुटु रोग र अत्यधिक मोटोपनबीच पनि ठूलो सम्बन्ध रहेको छ। तौलमा हुने बृद्धिले तपाईलाई टाइप २ डायबिटिजको खतरा मात्र ल्याउदैन मुटु रोगको खतरलाई बढाउछ। हिपमा भन्दा कम्मरमा बढी तौल छ भने तपाई स्वास्थका दृष्टिले अझै बढी जोखिममा पर्नुहुन्छ। यस्तो अवस्थामा ह्दयघात, उच्च रक्तचाप, सुगरको समस्या बढ्छ।


मोटोपनबाट मुक्त ज्यान स्वास्थ्यका लागि उपयुक्त हो त?


संतृप्त तौललाई कटौती गर्न तपाईंलाई चिकित्सकहरुले सुझाब दिएका होलान्। रगतमा खराब कोलोस्ट्रोलको मात्र बढ्ने र यसले मुटुका धमनीलाइ साँगुरो पारी ह्दयघत गराउने भएकोले पनि तौल घटाउन चिकित्सकले सुझाब दिने गर्छन्। तपानी थोरै मात्रामा खाइने बटर, घ्यु क्रिम स्वास्थका लागि त्यति डरलाग्दो नहुने विज्ञहरु बताउँछन्। 


रातो मासु नखानु

मुटु स्वस्थ बनाउन रातो मासु नखान विज्ञहरुले बताउदै आएका छन्। धेरै मात्रामा रातो मासु खानेमा मुटु रोगको खतरा २४ प्रतिशतले बढाउँछ। हरेक दिन ५० ग्राम परिष्किृत मासु खाने मानिसमा मुटु फेलियरको खतरा ८ प्रतिशत हुन्छ भने मृत्युको सम्भवाना ३८ प्रतिशत हुन्छ। रातो मासुले पेटसम्बन्धी अन्य रोग पनि निम्त्याउँछ। 


थोरै नुन खाने

अत्यधिक नुनको सेवनले रक्तचाप बढाउने जीवनको उत्तराद्र्धतिर मुटुको खतरा बढाउँछ। बयस्कहरुले दिनमा ६ग्राम भन्दा पनि न्यून (एक चिया चम्चा) नुन खानुपर्छ।नुनको मात्रा घटाउनुको अर्थ केबल तरकारीमा नुनको परिणाम घटाउने होइन कि अन्य नुनिला खानेकुरा पनि खान छोड्नुपर्छ  ।


चिनीलाई पनि बाईबाई गरिदिनुहोस्

अमेरिकाको ठूलो जनसंख्यामा गरिएको एक पछिल्लो अध्ययनमा चिनी मिसाइएको दैनिक २५ प्रतिशत भन्दा बढी दैनिक क्यालोरी खाने मानिसहरुमा मुटु रोगबाट मृत्यु हुने तीन गुणा खतरा रहेको छ। बढी चिनी खादा तौलमा बृद्धि गर्नुका साथै मधुमेयको समस्या बढाउँछ। खाना र पेयमा राखिने चिनिको मात्रा घटाउनुहोस्। दिनहुँ खाने खानेकुरामा हुने चिनिको मात्रालाई विशेष ख्याल गर्नुहोस्। 


सक्रीय रहनुहोस् 

सक्रीय रहनुहोस। यदि तपाई सुस्त र अल्छी हुनुहुन्छ भने आजै देखि सक्रीय हुनुहोस। ४० वर्षपछि केही घन्टा फटाफट हिड्दा, साईकल चलाउदा वा सामान्य गतिविधिमा व्यस्त हुदा तपाईंको मुटु स्वस्थ हुन्छ। त्यसो त व्यायायम लगायतका शारीरिक गतिविधिबाट स्वास्थ्यमा धेरै फाइदा हुन्छ। 


तनावमुक्त हुनुहोस्

तपाईं स्वस्थ मुटु राख्न चाहानुहुन्छ भने तनाबरहित हुनुहोस्। तनावले मुटुसँग विभिन्न समस्या उत्पन्न हुन्छन्। तनाव दिने हर्मन कोर्टिसोले अस्वस्थ फ्याटमा बृद्धि गरी मुटुको समस्याको खतरा बढाउँछ र अझै चिल्लो, चिनीयुक्त खानाप्रतिको आशक्त बढाउँछ। तसर्थ स्वस्थ मुटुको लागि आजैदेखि तनाबरहित हुनुहोस्। 

कमेन्ट गर्नुहोस्