
टिकुलिगढ। आज तिलोत्तमा नगरपालिका वार्ड नं १४ स्वास्थ्य चौकीमा एआइ डिजिटल प्रविधिबाट सकृय क्षयरोग खोजपडताल कार्यक्रम सम्पन्न भएको छ।
नेपाल सरकारले देशलाइ टिभि फ्रि बनाउने योजना लिएको र सोही अनुसार तिलोत्तमा नगरपालिकाले BNMT (birat nepal medical trust ) को प्राविधिक सहयोगमा शिविर सञ्चालन गरेको हो । हालसम्म १० ओटा स्वास्थ्य चौकीमा १६०५ जनाको परिक्षण गरिएकोमा ३ जनामा क्षयरोग देखा परेको स्वास्थ्य अधिकृत राम प्रसाद ढकालले बताउनुभयो।
क्षयरोग स्वासप्रस्वासको माध्यमबाट सर्ने भएकाले छिटै पत्ता लगाउएमा कम जोखिम हुने साथै रोग ग्रसित भएमा स्वास्थ्य चौकीबाटै निशुल्क औषधी प्रदान हुन्छ । कार्यक्रममा वार्ड नं १४ स्वास्थ्य चौकी प्रमुख निमलाल भट्टराइ ,जनस्वास्थ्य अधिकृत अनिल न्यौपाने ,डा प्रतिमा बस्याल, स्वास्थ्य चौकी कर्मचारीहरु, स्वास्थ्य स्वयंसेवीका एवम स्थानीयहरुको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्