
तिलोत्तमा। तिलोत्तमा नगरपालिकाद्वारा आयोजित बालविकास शिक्षकहरुका लागि दुई दिने मन्टेस्वरीमा आधारीत क्षमता विकास तथा शैक्षिक सामाग्री निर्माण तालिम आज गिर्वाण विधालयमा समापन भएको छ। तिलोत्तमा नगरपालिकाका सामुदायिक विधालयमा कार्यरत बालविकास शिक्षकहरुका लागि तालिम प्रदान गरिएको तिलोत्तमा नगरपालिका सहायक शिक्षा अधिकृत रमा आचार्यले बताउनुभयो।
बालबालिकाको जग भनेकै बालविकास तह रहेको साथै यो जग बलियो भए मात्र माथिल्ला तहमा उचित सहयोग पुग्ने तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य रवि सेन्चुरीले बताउनुभयो। योग्य , सक्षम एवम नेतृत्वदायी नागरिक उत्पादन गर्न बालबालिकामा लगानि गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो। तिलोत्तमा नगरपालिका शिक्षा शाखा अधिकृत धनि प्रसाद शर्माले प्रविधिको सदुपयोग गरी शिक्षण गर्न सके प्रभावकारी हुने साथै बालबालिकाको फरक क्षमता पहिचानमा शिक्षकको नै महत्वपुर्ण भुमिका रहेको बताउनुभयो।
कार्यक्रममा तिलोत्तमाका सामुदायिक विधालयमा कार्यरत ४२ जना बालविकास शिक्षकलाइ तालिम दिइएको हो जसमा बाल मानसिकता , क्ले बाट सामाग्रि निर्माण, अनुशासन, बाल सामाग्रिहरुको खोज लगायतका विषयमा तालिम केन्द्रित रहेको तालिमकी प्रशिक्षण एवम न्यु कान्तिपुर मन्टेश्वरी रिसर्च एण्ड ट्रेनिङ सेन्टरकी व्यावस्थापक यशु पाण्डेले बताउनुभयो।
कमेन्ट गर्नुहोस्