लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्याे

IMG

२०७८ पुष २३, तिलोत्तमा सिटी।  सुनचाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा सात सय रुपैयाँ सस्तो भएको छ भने चाँदी १० रुपैयाँले घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ तोलामा ९१ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । हिजो तोलामा ९२ हजार ३ सय रुपैयाँ थियो । यस्तै, हिजो तोलाको १२ सय ३५ रुपैयाँ रहेको चाँदी आज १० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय भाउ अनुसार हरेक दिन सुनचाँदीको भाउ निर्धारण गर्ने गरेको छ । 


कमेन्ट गर्नुहोस्