लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राष्ट्रिय सभा चुनावमा सत्ता गठबन्धनलाई जिताउन पहल गर्ने

IMG

२०७८ पुष २२, तिलोत्तमा सिटी। सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रले राष्ट्रिय सभाको चुनावमा  सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन पहल गर्ने भएको छ ।बिहान बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले गठबन्धनका उम्मेदवारलाई जिताउन मतदातालाई अपिल गरेको छ ।  राष्ट्रिय सभाको चुनावका लागि सत्ता गठबन्धनले सात वटै प्रदेशमा समन्वय समिति गठन गरेको छ ।


चुनाव आउँदो माघ १२ गते हुँदैछ । चुनाव अन्तर्गत आज र भोलि मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका छ ।भोलि बेलुका उम्मेदवारको नामावली प्रकाशन गर्ने, पर्सि उम्मेदवारले नाम फिर्ता लिने र आउँदो आइतवार उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।राष्ट्रिय सभा सदस्य चुनावका लागि ४३ जनाको उम्मेदवारी परेको छ ।  


 



कमेन्ट गर्नुहोस्