लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्पेनिस ला लिगामा सेभिया र एट्लेटिकाे क्लब विजयी

IMG

२०७८ पुष २०, तिलोत्तमा सिटी। स्पेनिस ला लिगामा सेभिया र एट्लेटिको क्लब विजयी भएका छन् ।सेभियाले क्याडिजलाई १–० गोलले हरायो । सेभियाको जितमा लुकास ओकम्पासले खेलको ५८औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।जितसँगै सेभियाले शीर्षस्थानमा रहेको रियल म्याड्रिडसँगको अङ्क दूरी छोट्याएको छ । सेभियाको १९ खेलमा ४१ अङ्क छ । रियल म्याड्रिडको २० खेलमा ४६ अङ्क छ । १४ अङ्क रहेको क्याडिज पुछारबाट दोस्रो स्थानमा छ ।


अर्को खेलमा एट्लेटिको क्लबले ओसासुनालाई ३–१ ले हराएको छ ।एट्लेटिकोका ओइहान सान्सेटले ह्याट्रिक गरेका हुन् । ओसासुनाका किकेले एक गोल फर्काए । जितसँगै एट्लेटिको क्लब २० खेलमा २७ अङ्क जोडेर अङ्कतालिकाको १०औँ स्थानमा रहेको छ । समान खेलमा २२ अङ्क रहेको ओसासुना १४औँ स्थानमा छ ।


कमेन्ट गर्नुहोस्