लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलको व्यापार मेला मंगलबार सकिंदै

IMG

तिलोत्तमा सिटी,१९ पौष २०७८। बुटवलमा पुस ८ गतेदेखि सञ्चालित चौथो औद्योगिक प्रदर्शनी तथा व्यापार मेला मंगलबार समापन हुने भएको छ ।स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण नाराका साथ उद्योग ब्यापार संघ बुटवलको आयोजनामा सञ्चालित मेला पुर्व निर्धारित अवधिसम्म सञ्चालन भएर मंगलबार समापन हुन लागेको हो ।मेला समापनका अवसरमा उत्कृष्ट स्टल, सहयोगी संघ संस्था र व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम रहेको मेला सचिवालयका संयोजक एवं संघका महासचिव पदम जीसीले बताए ।मेलामा स्वदेशी र विदेशी गरी ४ सय ७० स्टल थिए ।५ लाख दर्शकले अवलोकन गर्ने र ५० करोड रुपैयांको कारोबार हुने लक्ष्य राखिएको मेला सोंचे भन्दा बढी सफलतापूर्वक सम्पन्न भएको उद्योग व्यापार संघ बुटवलका अध्यक्ष गोविन्दप्रसाद गैरेले बताए ।

कमेन्ट गर्नुहोस्