लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एमाले रुपन्देहीको बैठक : जिल्ला अधिवेशनलाई भव्य रुपमा सम्पन्न गरिने

IMG

तिलोत्तमा सिटी,१९ पौष २०७८। नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीको बैठक सोमबार बुटवलमा सम्पन्न भएको छ । बैठकले यही पुस २३ र २४ गते भैरहवामा हुने पार्टीको जिल्ला अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ ।अधिवेशनका लागि एकहजार ५३ जना प्रतिनिधि चयन भएको र बाँकी ५३ जना मनोनीत गर्ने निर्णय गर्दै बैठकले सबै क्लष्टर मिलाएर मनोनीत गर्ने जिम्मा पदाधिकारीलाई दिएको छ । बैठकमा एमाले जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले अधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, उपाध्यक्ष पुरुषोत्तम घिमिरेले आर्थिक प्रतिवेदन र सचिव जगेश्वरदेवी चौधरीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । तीनवटै प्रतिवेदन बैठकले पारित गरेको प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिए ।


भैरहवाको गणतान्त्रिक सभाहलमा हुने अधिवेशनलाई व्यवस्थित र प्रभावकारी ढंगले सम्पन्न गर्ने निर्णय बैठकले गरेको चापागाईंले बताए ।बैठकलाई संबोधन गर्दै एमाले पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश कमिटी सहइन्चार्ज लिला गिरीले पार्टीको आगामी राजनीतिक कार्यदिशा, तीनै तहका निर्वाचनमा पार्टीको रणनीतिलगायत समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए ।त्यस्तै एमाले रुपन्देहीका इन्चार्ज भूमिश्वर ढकालले जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरिने बताए । पार्टीलाई एकढिक्का बनाइराख्नका लागि सबैलाई समेट्ने गरी सर्वसम्मत नेतृत्व चयन गरिने उनले बताए ।पार्टीका पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश सह– ईन्चार्ज दधिराम न्यौपाने , पोलिट व्युरो सदस्य खिमलाल भट्टराई , केन्द्रीय सदस्य सावित्रा अर्याल, गुमा देवी आचार्य लगायत नेताहरुको आतिथ्यतामा भएको वैठकले अधिवेशनको व्यवस्थापनका लागि एकसय जना स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्