
२०७८ पुष १८ ,तिलोत्तमा सिटी। सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेको छ । शुक्रबार ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ९३ हजार चार सय रुपैयाँ पुगेको कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आजका लागि महासंघले तेजावी सुनको मूल्य ९२ हजार ९ सय रुपैयाँ तोकेको छ । यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको प्रतितोला कारोबार मूल्य एक हजार २ सय ७० रुपैयाँ पुगेको छ ।
कमेन्ट गर्नुहोस्