लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देही ब्यापार संघमा सफल ब्यापारी प्रेम पाण्डेयको उम्मेद्वारी

IMG

तिलोत्तमा सिटी,१६ पौष २०७८। रुपन्देहीको पुरानो सस्था रुपन्देही ब्यापार संघको आगामी सचिवमा प्रेम पाण्डेले उम्मेद्वारी घोषणा गरेका छन् ।लामो समयदेखि बुटवलमा रहेर सफल व्यवसायीका रुपमा चिर परिचित पाण्डेले ब्यापारी तथा उद्योगीका हर समस्या समाधान गर्ने घोषणा सहित  उम्मेद्वारको रुपमा उम्मेद्वारी घोषणा गरेको बताए । आगामी पौष १९ गते बुटवलमा सम्पन्न हुन लागेको रुपन्देही ब्यापार संघको २० औ बार्षिक साधारण सभा तथा ११ औ अधिवेशनका लागि पाण्डेयले सचिव जस्तो गरिमामय पदका लागि उम्मेद्वारी दिएका हुन्। 


शुक्रबार उम्मेदवारी घोषणा गरेका पाण्डेयले यस अघि पनि कार्यसमितिमा रही सफल कार्यकाल गरिरहेका छन्। बर्तमान कार्यकालमा सम्पन्न गर्न नसकेका अधुरा काम सम्पन्न गर्न पनि पुन उम्मेद्वारी घोषणा गरेको पाण्डेले उल्लेख गरे । उनले भने – "कोरोना महामारी तथा स्रोत साधनको अभावमा धेरै काम गर्न बाँकी छ , ती काम सम्पन्न गर्न आम ब्यापारी साथीहरूले पुन एक पटक उम्मेद्वारी घोषणा गरेको छु , आशा छ व्यापारीको हक हितका लागी मलाई जिताउनुहुनेछ भन्ने ।" उनले बुटवलको ब्यापारिक साख जोगाउन नयाँ ब्यापार नीति आवश्यक रहेको भन्दै बुटवलमा ब्यापार विस्तार गर्ने वातावरण तयार गर्न र व्यापारीको हक हितका लागी सुरक्षाको प्रत्याभुति गर्ने समेत बताए । 


हाल बुटवलमा नेशनल ब्याग हाउस राममन्दिर लाईन , नेशनल शृंगार केन्द्र अमरपथ तथा श्री श्रीसिद्धि गणेश सप्लायर्सको प्रोप्राइटर रहेका उनले अहिले सम्म ४ कार्यकाल  कार्यसमितिमै रहेर सफल र उदाहरणिय काम गरेका छन्।  

कमेन्ट गर्नुहोस्