लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवल प्रदर्शनी मेलामा अखिल क्रान्तिकारीको रक्तदान

IMG

तिलोत्तमा सिटी,१६ पौष २०७८।बुटवल देविनगर रंगशालमा रुपन्देही उद्योग व्यापार संघद्धारा आयोजीत चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलामा अखिल क्रान्तिकारी बुटवल उपमहानगरपालिका कमिटिले रक्तदान गरेको छ ।जारी प्रदर्शनीमा नेपाल नियमित रक्तदाता संघ केन्द्रीय कार्यालय बुटवलले नियमित रुपमा रक्तदान कार्यक्रम गरीरहेको छ । सोही अवसर पारी आज जारी रक्तदान कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको अखिल क्रान्तिकारी बुटवल उपमहानगरपालिका कमिटि अध्यक्ष माधव अर्यालले जानकारी गराउनु भयो । 


कार्यक्रममा उद्योग व्यापार संघका अध्यक्ष गोविन्द गैरे, नियमित रक्तदाता संघ केन्द्रीय अध्यक्ष दया बहादुर शिलवाल, नियमित रक्तदाता संघका लेखनाथ भण्डारी, अखिल क्रान्तिकारी रुपन्देही अध्यक्ष कपिल ज्ञवाली लगाएतको अतिथ्यतामा रक्तदान गरेको नगर सचिव गणेश दाहालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्