लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

IMG

२०७८ पुष १६, तिलोत्तमा सिटी।  शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। छापावाल सुको मूल्य तोलमा ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलमा १५ रुपैयाँले बढेको महासंघले जनाएको छ।महासंघले आजका लागि छापावाल सुनको मूल्य ९२ हजार ७ सय रुपैयाँ तोकेको छ । बिहीबार छापावल सुनको मूल्य ९२ हजार एक सय रुपैयाँ थियो।आजका लागि तेजावी सुनको मूल्य ९२ हजार एक सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस्तै बिहीबार एक हजार दुई सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १५ रुपैयाँ तोलामा बढेर एक हजार दुई सय ६० रुपैयाँ पुगेको छ ।

कमेन्ट गर्नुहोस्