
तिलोत्तमा सिटी,१५ पौष २०७८। गुरुङ समुदायले धुमधामसँग ‘तमु ल्होसार’ पर्व मनाएका छन्। यो पर्वलाई नयाँ वर्षको आगमनका रुपमा मनाइन्छ ।जानकारहरुका अनुसार ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिन्छ । सरकारले तमु ल्होसारका अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।यो पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेका जिल्ला लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत, काठमाडौं लगायतका जिल्लाहरुमा धुमधामसँग तमु ल्होसार मनाइन्छ ।तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्,रुपन्देहीले आज बुटवलको रामनगरमा मुल समारोहको आयोजना गरि तमु ल्होसार पर्व मनाएका हुंन् ।कार्यक्रममा बोल्दैं कानून महिला बालबालिका तथा श्रेष्ठ नागरिक मन्त्री रमा र्घिर्तले भाषा–कला,संस्कार,संस्कृति संरक्षणमा जोड दिंदैं सबै जात–जातिका चाड पर्वलाई प्रदेश सरकारले सम्मान गरेको बताउंनुभयो ।उहांले परिषद्ले बुटवलमा निर्माण गरिरहेको गुरुङ सांस्कृतिक सभाहललाई गुरुङ संग्राहलय बनाउंन आग्रह गदैं संघीय सरकारले बजेट विनियोजन गर्ने विश्वास व्यक्त गर्नुभयो ।लुम्बिनी प्रदेश सभा सदस्य पुष्पा चौधरीले जातीय पहिचानका लागि भाषा,कला तथा संकार–संस्कृति जगेर्ना गर्नुपर्ने आवश्यकता औल्याउंनुभयो ।
कमेन्ट गर्नुहोस्