लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कांग्रेस लुम्बिनीका निर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण

IMG

तिलोत्तमा सिटी,१५ पौष २०७८। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गत मंसिर १६ देखि १८ गतेसम्म भैरहवामा सम्पन्न प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । कांग्रेस लुम्बिनी निर्वाचन समितिले बिहीबार भैरहवामा आयोजना गरेको कार्यक्रममा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्दै प्रमाणपत्र वितरण गरिएको हो । लुम्बिनी प्रदेश अधिवेशनबाट प्रदेश सभापतिमा रोल्पाका अमर सिंह पुन मगर मगर निर्वाचित भएका थिए ।


कार्यक्रममा कांग्रेसको १४ महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित सञ्जय गौतम, अब्दुल रज्जाक, चन्द्र केसी लगायतलाई पनि निर्वाचन समितिले बधाई दिएको थियो ।कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री संजय गौतम, केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाक, लुम्बिनी प्रदेश सरकारका पर्यटन, ग्रामीण तथा शहरी विकास राज्यमन्त्री रिना नेपाल वि.क., कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खांण, रुपन्देही क्षेत्र नम्बर ३ का सभापति सुशिल गुरुङ, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का लगायतले बोलेका थिए । 

कमेन्ट गर्नुहोस्