लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुनको मूल्य घट्यो, चाँदीको मूल्य स्थिर

IMG

२०७८ पुस १४, तिलोत्तमा सिटी।  बुधबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघले छापावाल सुनको मूल्य बुधबार तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकेको छ । मंगलबार ९३ हजार रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो । यस्तै तेजावी सुनको मूल्य बुधबार ९२ हजार रुपैयाँ तोकिएको छ । महासंघले बुधबारका लागि चाँदीको खरिद बिक्री मूल्य तोलाको एक हजार दुई सय ६० रुपैयाँ तोकेको छ । मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्