लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कुवेतविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

IMG

२०७८ पुस १३, तिलोत्तमा सिटी। यूएईमा भइरहेको एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले समूह चरणको अन्तिम खेलमा कुवेतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।दुबईको आईसीसी एकेडेमीमा हुने खेलमा कुवेतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । यसअघिका दुई खेलमा पनि टस हारेको नेपालले दोस्रो इनिङ्समा ब्याटिङ गरेको थियो ।समूह ‘बी’मा रहेको नेपाल बंगलादेश र श्रीलंकासँग पराजित हुँदै यसअघि नै समूह चरणबाट बाहिरिसकेको छ । कुवेत पनि लगातार दुई खेल हार्दै समूह चरणबाट बाहिरिसकेको छ ।


कुवेत विरुद्ध जित हात पार्दै नेपाल प्रतियोगितामा सुदख अन्त्य गर्ने योजनामा छ ।पहिलो खेलमा बंगालदेशसँग १५४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा श्रीलंकाविरुद्ध ३२३ रनको लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट ब्याटिङ गरेपनि २६२ रन मात्र बनाएपछि ६० रनले पराजित भएको थियो ।उता कुवेत भने श्रीलंकासँग २७४ र बंगलादेशसँग २२७ रनले पराजित भएको थियो ।नेपाल र कुवेत अंकविहीन रहँदै समूह बी मा तेस्रो र चौथो स्थानमा छ । तुलनात्मक रुपमा कुवेत भन्दा नेपाल बलियो रहेको छ । पछिल्लो चार खेलमा नेपाल कुवेतसँग अपराजित रहनुले पनि यसलाई पुष्टि गर्छ ।यस समूहबाट बंगलादेश र श्रीलंका लगातार दुई खेल जित्दै सेमिफाइनलमा पुगिसकेका छन् ।


 

कमेन्ट गर्नुहोस्