लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सेन्ट्रल जोन महिला भलिबलमा नेपाल र उज्वेकिस्तानबीचको फाइनल खेल मंगलबार हुने

IMG

 २०७८ पुस १२, तिलोत्तमा सिटी। साविक विजेता नेपाल बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपमा लगातार पाँचौ जित हात पारेको छ ।यसअघि नै फाईनल पुगिसकेको नेपालले ढाकामा सोमबार भएको राउण्ड रोबिनको अन्तिम खेलमा मीर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै अपराजित रहेको हो ।नेपालले कीर्गिस्तानलाई २५-८, २५-१४, २५-१६ ले पराजित गरेको हो।


अपराजित नेपालले अब उपाधिका लागि फाइनलमा उज्वेकिस्तानसँग खेल्नेछ । उज्वेकिस्तानले सोमबारै भएको खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३-२ को सेटमा हराएर फाईनलमा स्थान बनाएको हो।अपराजित रहँदै ५ खेलबाट १४ अंक जोडेर शीर्ष स्थानमा रहेको नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-२ सेटमा हराएको थियो भने दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-०, तेस्रो खेलमा बंगलादेशलाई ३-० र चौथो खेलमा उज्वेकिस्तानलाई पनि ३-० कै सेटमा हराएको थियो।नेपाल र उज्वेकिस्तानबीचको फाइनल  खेल मंगलबार हुनेछ ।

कमेन्ट गर्नुहोस्