
तिलोत्तमा सिटी,१० पौष २०७८। लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले युग कवि भूपी शेरचन राष्ट्रको गहना र सम्पति भएको बताउंनुभएको छ । युग कवि भूपी शेरचनको ८६ औं जन्म जयन्तीको अवसरमा थकाली सेवा समिति बुटवल क्षेत्रको १२ औं अधिवेशनको आज बुटवलमा उद्घाटन गदैं प्रमुख शेरचनले भूपीलाई सबैको साझा सम्पतिका रुपमा ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो ।भुपी थकाली जातको मात्र नभई सिंगो राष्ट्र विभुति भएको समेत उहांले बताउंनुभयो ।भूपीले कवितामार्फत राष्ट्रलाई दिएको योगदान भुल्न नहुंने बताउंनुभयो । राष्ट्रिय हितका पक्षमा थकालीहरु एभिनुपर्नेमा उहांले जोड दिनुभयो ।
कार्यक्रममा समितिका केन्द्रीय सहकोषाध्यक्ष क्या.शिवप्रसाद शेरचन,समितिका सल्लाहकार भीम तुलाचन,बुटवल बहुमुखी क्याम्पसका प्रध्यापक डा.हिरन्यलाल ज्ञवाली लगायतले बोल्नुभएको थियो ।समितिका अध्यक्ष लालबहादुर गौचनको अध्यक्ष्यता,चित्रलाल तुलाचनको सञ्चालन तथा कोषाध्यक्ष अमित शेरचनको स्वागतमा भएको कार्यक्रममा समितिलाई सहयोग गर्ने तथा एसइइमा उच्च अंक ल्याउंने विद्यार्थीलाई सम्मान गरिएको थियो । कार्यक्रममा भूपी स्मृति प्रतिष्ठानले निर्माण गरेको भूपी पुष्तकालयको समेत प्रदेश प्रमुख शेरचनले उद्घाटन गर्नुभएको थियो । यसैबीच थकाली सेवा समिति बुटवल क्षेत्रको १२ औं अधिवेशन नयां नेतृत्व चयन गरि आज बुटवलमा सम्पन्न भएको छ ।अधिवेशनले लालबहादुर गौचनको अध्यक्षतामा १९ सदस्यीय नयां कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा दिलकुमारी तुलाचन,सचिवमा जीवन तुलाचन,सहसचिवमा श्याम गौचन,कोषाध्यक्षमा अजित शेरचन,सहकोषाध्यक्षमा कृष्णमान गौचन लगायत १९ जना रहनुभएको छ ।
कमेन्ट गर्नुहोस्