लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सेन्ट्रल जोन महिला भलिबलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा हरायो

IMG

२०७८ पुस ९, तिलोत्तमा सिटी। बंगलादेशको ढाकामा भइरहेको एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको महिलातर्फ नेपाली टोलीले लगातार दोस्रो जित निकालेको छ ।शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा हरायो । एकपक्षीय जस्तै बनेको खेलमा साविक विजेता नेपालले माल्दिभ्सलाई २५-११, २५-९, २५-५ सेटमा हरायो ।दुई जितपछि नेपाल ५ अंक जोडेर अंक तालिकामा शीर्ष स्थानमा छ । नेपालले पहिलो खेलमा श्रीलंकामाथि ३-२ को सेटमा जित हात पारेको थियो ।६ राष्ट्र सहभागी प्रतियोगितामा राउण्ड रोविन लिगपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।नेपालले आफ्नो तेस्रो खेल शनिवार घरेलु टोली बंगलादेशसँग खेल्नेछ ।

कमेन्ट गर्नुहोस्