लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कांग्रेस सिद्धार्थनगरका उपसभापति घिमिरे प्रहरी नियन्त्रणमा

IMG

तिलोत्तमा सिटी,४ पौष २०७८।  नेपाली कांग्रेस सिद्धार्थनगर नगर समितिका उपसभापति तथा सिद्धार्थनगर वडा नम्बर-७ का वडासदस्य किरण घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई जबरजस्ती करणी उद्योग अन्तर्गत प्रहरीेले पक्राउ गरेको बुझिएको छ । यद्यपि यो विषयमा प्रहरीले औपचारिक रुपमा बोलेको छैन् ।प्रहरीले बिहीबार राती सिद्धार्थनगर नगरपालिका–७ स्थित उनकै घरबाट घिमिरेलाई पक्राउ गरेको हो । प्रहरीले घटनाको अनुसन्धान जारी रहेकोले केही भन्न नमिल्ने बताएको छ ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले अहिले अनुसन्धानकै क्रममा रहेको हुँदा थप कुरा पछि मात्र बताउन मिल्ने बताए ।

कमेन्ट गर्नुहोस्