लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पछिल्लो २४ घण्टामा २७४ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

IMG

२०७८ पुस २, तिलोत्तमा सिटी।

पछिल्लो २४ घण्टामा २७४ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार ६९१ पीसीआर र १ हजार ३२५ जनाको एन्टीजेन परीक्षणका क्रममा २७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार ४४५ जना पुगेको छ। कुल संक्रमितमध्ये ५ हजार ५२२ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २७० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ८ हजार ३५३ पुगेको छ। उक्त अवधिमा ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७० पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। १०४ जना आइसीयू र २५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। 

  

कमेन्ट गर्नुहोस्