लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तेस्रो घण्टामा शेयर बजार ६ प्रतिशत बढेपछि मंगलबारको कारोबार बन्द

IMG

२०७८ मङ्सिर २८ , तिलोत्तमा सिटी। 

तेस्रो घण्टामा शेयर बजार ६ प्रतिशतले बढेपछि मंगलबारका लागि निर्धारित समयभन्दा अगाडि नै कारोबार बन्द भएको छ ।यसअघि पहिलो दुई घण्टा (१ बजेभित्र) ५ प्रतिशतले बजार बढेपछि ४० मिनेटका लागि बजार बन्द भएको थियो । त्यसपछि खुलेको बजार पुनः बढ्यो र त्यसले ६ प्रतिशतको बिन्दु छोयो । जसका कारण मंगलबार निर्धारित ३ बज्नुभन्दा सवा १ घण्टा अगाडि नै कारोबार बन्द भएको हो ।यसअघि आइतबार र सोमबार बजारमा ठूलो पहिरो गएको थियो । मंगलबार बजार बन्द हुनु अगाडि १३७.१८ अंकले बढेर २४१८.८४ बिन्दुमा पुगेको छ । यो वृद्धि ६.०१ प्रतिशत हो । सोमबार सबै परिसूचकमा हरियाली छायो । कारोबार बन्द हुनु अगाडि १ अर्ब ८४ करोड २६ लाख ४७ हजार १ सय ४४ रुपैयाँको कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्