लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एकैदिन ८८ अंकले घटेर नेप्से परिसूचक २३ सयको लाइनमा

IMG

२०७८ मङ्सिर २६ , तिलोत्तमा सिटी।   

 साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ ।नेप्से परिसूचक ८८ अंकभन्दा धेरैले घटेर २३ सयको लाइनमा झरेको छ । ३ हजार २ सय माथि पुगेको नेप्से परिसूचक केही महिनादेखि लगातार घटेर आइतबार २ हजार ३ सय ६१ दशमलव २७ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १५ दशमलव १५ अंकमा झरेको छ ।


कारोबार रकममा पनि आइतबार उत्साह देखिएन । दिनभर भएका ५१ हजार ८ सय ४४ कारोबारबाट २२८ कम्पनीका ७४ लाख ६० हजार ८ सय ७४ कित्ता शेयर किनबेच भएका छन् । जसबाट ३ अर्ब ३८ करोड २५ लाख ९ हजार ५ सय २० रुपैयाँको कारोबार भएको छ ।आइतबार ब्यापार र विकास बैंकका लगानीकर्ताहरुले धेरै गुमाएका छन् । व्यापार समूहको उपसूचक ७ प्रतिशतले घटेको छ भने विकास बैंकको पनि ६ प्रतिशत भन्दा धेरैले घटेको छ ।

कमेन्ट गर्नुहोस्