लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेकपा माओबादी तिलोत्तमा नगरको अध्यक्षमा बेलप्रसाद शर्मा

IMG

२०७८ मङ्सिर २१, तिलोत्तमा सिटी।  नेकपा ( नेपाल कम्युनिस्ट पार्टी ) माओबादी केन्द्र तिलाेत्तमा नगर कमिटीकाे अध्यक्षमा बेल प्रसाद शर्मा सर्ब सम्मत भएका छन्। नेकपा ( नेपाल कम्युनिस्ट पार्टी ) माओबादी केन्द्रको पालिका अधिबेशनले शर्मा अध्यक्ष भएका हुन्। लामो समय देखि पार्टीमा क्रियाशील शर्मा पेशाले एक रिटायर शिक्षक हुन्। हाल राजनीतिमा सक्रिय रहेका शर्माले तिलोत्तमा नगरलाई माओबादीमय बनाउन रचनात्मक क्रियाकलाप गर्ने र पार्टीमा संगठित हुन सबै युवापंक्तिमा आग्रह गरेका छन्। 


दोस्रो नगर सम्मेलनबाट अध्यक्षमा चुनिदै गर्दा अबको चुनाव सम्म नेकपा ( नेपाल कम्युनिस्ट पार्टी ) माओबादी केन्द्रले आफ्नो छुट्टै स्थान कायम गर्न सफल हुने उनको आशा छ।  हाल राजनीतिक उतार चढावले पार्टीमा संगठित युवाहरु यत्रतत्र छरिएर रहेको अनुभव संगाल्दै नव निर्बाचित अध्यक्ष शर्माले अब सबै जुटेर इतिहास रच्नुपर्ने उल्लेख गरे। आज सम्पन्न अधिबेशनले शर्माको अध्यक्षतामा नयाँ नगर कमिटि चयन गरेको छ, जसको उपाध्यक्षमा दिल माया गुरुङ, मित्रलाल न्याैपाने, प्रेम जि. एम, सचीवमा केशर बहादुर थापा,सहसचिव अनिल चापागाईं,कोषाध्यक्षमा लुधा देवी थापा लगायत रहेका छन्। 


कमेन्ट गर्नुहोस्