
तिलोत्तमा सिटी,१९ मंसिर २०७८। नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको मतगणना जारी छ । सभापतिमा अमरसिंह पुन मगर प्यानलको अग्रता कायमै छ । निर्वाचन अधिकृतका अनुसार अहिलेसम्म ६१५ मत गणना भैसकेको छ ।सभापतिमा अमरसिंह पुन मगर ३४४ मत प्राप्त गरेका छन् भने उनका प्रत्यासी भरतकुमार शाहले २१६ मत प्राप्त गरेका छन । अमर पुन रामचन्द्र पौडेल समूहका हुन भने शाह शेरबहादुर देउवा समूहका हुन् ।७३० मत गणना गर्दा सभापतिमा अमरसिंह पुन मगरले ४०२ मत प्राप्त गरेका छन् । अर्का प्रत्यासी भरत कुमार शाहले ३२४ मत प्राप्त गरेका छन भने ४ मत बदर भएको छ ।
कमेन्ट गर्नुहोस्