लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राप्रपा महाधिवेशन : नेताहरूलाई भोट माग्न भ्याइनभ्याइ

IMG

२०७८ मङ्सिर १७,तिलोत्तमा सिटी। राप्रपाको एकता महाधिवेशन काठमाडौंमा चलिरहेको छ । गत बुधबारबाट सुरू भएको महाधिवेशनमा शुक्रबार उम्मेदवार मनोनयन दर्ता गरिएको छ भने शनिबार नेतृत्व चयनका लागि मतदान हुनेछ ।अध्यक्ष पदमाबाहेक पदाधिकारी र सदस्यको भोटिङ मेसिनबाट मतदान गरिने भएको छ । अध्यक्ष पदमा भने मतपत्र प्रयोग गरिने राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए ।


मतदानको अघिल्लो दिन शुक्रबार महाधिवेशनस्थलमा नेताहरू भोट माग्न व्यस्त छन् । अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी परेको छ ।नायिका रेखा थापा पनि लिङ्देन समूहबाट महामन्त्रीको उम्मेदवारी दिएकी छन् । उनी पनि भोट माग्न व्यस्त देखिन्छिन् । राप्रपामा उपाध्यक्ष पदका उम्मेदवार विक्रम पाण्डेलाई भने थापा र लिङ्देल दुबैले आफ्नो समूहबाट उम्मेदवार भएको दाबी गरेका छन् ।

कमेन्ट गर्नुहोस्