लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

धर्म परिवर्तन गराउने एक जनालाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना र ३ लाख धरौटी सजाय

IMG

२०७८ मङ्सिर १३,तिलोत्तमा सिटी। जिल्ला अदालत डोल्पाले धर्म परिवर्तन गराउने एक जनालाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको छ । जुम्ला घर भइ अहिले पोखरा बस्दै आएका पाश्चर केशवराज आचार्यले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर २ का महिलालाई जबरजस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै जिल्ला न्यायाधीश केशवराज चपाईँको इजलासले सजाय सुनाएको स्रेस्तेदार मोहनप्रसाद बेल्वासेले जानकारी दिनुभयो । गएको वर्ष आचार्यले महिलाको उपचार गर्ने भन्दै फोटो भिडियो खिचेर प्रचारप्रसार गरेको भन्दै जिल्ला अदालत डोल्पामा मुद्दा परेको थियो । आचार्य पोखरामा रहेको प्रशस्त कटनी मण्डलका पाश्चर हुन् ।


 

कमेन्ट गर्नुहोस्