लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सयौ नेता तथा कार्यकर्ता प्रचण्डको टिका लगाएर पार्टी प्रवेश

IMG

२०७८ मङ्सिर १३,तिलोत्तमा सिटी। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शासन सत्ता फेरि माओबादिकाे पक्षमा ल्याउने गरी आफूले गृहकार्य गरिरहेको बताएका छन् ।मङ्गलबार रुपन्देहीकाे भैरहवामा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शासनसत्ता पुन माओबादिकाे हातमा ल्याएर मुलुकको विकास, समृद्धि र स्थायित्वको नयाँ यात्रा आरम्भ गर्नुपर्ने बताए । त्यसका लागि स्वंयम आफुपनि खटिरहेकाे बताए । उनले विगतमा प्रतिगमन विरोधी आन्दोलन, सत्ता गठबन्धन र सरकार निर्माणमा आफूले योगदान गरेको सम्झँदै त्यसलाई समृद्ध र दिगाे गराउन निरन्तर लागीरहेकाे बताए ।भैरहवामा विभिन्न राजनीतिक दल परित्याग गरि सयाैँ नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मंगलबार रुपन्देही स्थित भैरहवामा एक कार्यक्रम आयाेजना गरि नवप्रवेशीलाई अविर लगाएर पार्टी प्रवेश गराईएकाे थियाे ।


लो.स.पा.लुम्बिनी प्रदेश सदस्य इस्तियाक अहम्मदकाे नेतृत्वमा ने.क.पा एमाले कालिगणडकी गाउँपालिका सदस्य अर्जुन पाण्डे तिलाेत्तमा नगरपालिका नेपाली काङग्रेसका क्रियाशिल सदस्य पशुपति कंडेल लगायत सयाैँ बढि नेता तथा कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरी माओेबादि केन्द्रमा प्रबेश गरेका हुन । उनिहरुलाई अध्यक्ष प्रचण्डले टिका लगाएर माओबादि केन्द्रमा स्वागत गरेकाे माओवादी नेता तीरबहादुर रोक्का (डार्विन) ले बताए ।राजनीतिक दलहरुले अहिले आयोजना गरेको सम्मेलन र महाधिवेशन आउने निर्वाचनको तयारी जस्तो देखिएको बताउँदै देशमा चुनावको माहोल बन्दै गएको र लोकतन्त्रको लागि चुनाव आवश्यकता रहेकोमा जोड दिए । राजनीतिक दलहरुको आपसी समझदारी र सहकार्य सहित देशमा राजनीतिक स्थायित्व बनाउँदै देशलाई समृद्धि तर्फ लेैजान आवश्यकता रहेको बताए ।संविधान निर्माण गर्दा समाजबाद उन्मुख राज्य परिकल्पना गरेको अध्यक्ष प्रचण्डले बताउँदैे समावेशी समानुपाती मान्यतालाई साँचो अर्थमा लागु गर्नको लागि सबैले मेहनत गर्न आवश्यकता रहेको बताए ।

कमेन्ट गर्नुहोस्